नयाँ वर्षमा एलिका ब्रान्डको उपहार : ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

काठमाडौं । नयाँ वर्ष २०८२ मा एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अभियान ल्याएको छ । सिजी इलेकट्रोनिक्स अन्तर्गत सञ्चालन हुँदै आएको एलिका ब्रान्डले नववर्षको अवसर पारेर यो विशेष अफर सार्वजनिक गरेको हो ।

यस अभियान अन्तर्गत ग्राहकहरूले एलिकाका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहार प्राप्त गर्नेछन् । एलिकाका उपकरणहरूमा समावेश छन् – कुकटप, हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन, माइक्रोवेभ र चिम्नी, जसको खरिदमा ग्राहकले निःशुल्क सिजी इलेक्ट्रिकल केटल पाउनेछन् ।

अभियानको उद्देश्य भनेको ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । एलिका ब्रान्डका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च कार्यक्षमता र दीर्घकालीन टिकाउपना सुनिश्चित गर्छन् ।

ग्राहकहरूको सजिलोका लागि सिजी इलेकट्रोनिक्सले थप सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधामा समावेश छन् – १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, निःशुल्क जडान सेवा, र ० प्रतिशत ब्याजदरमा ईएमआई रहेका छन् । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि यस अभियानमा उपलब्ध छ ।

थप जानकारीका लागि ग्राहकहरूले क्यूआर कोड स्क्यान गर्न सक्नेछन्, जसबाट विस्तृत विवरण प्राप्त गर्न सकिनेछ र यो अफरको भरपुर फाइदा उठाउन सकिनेछ ।  

Share News