काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५ अंकले घटेर २६७० बिन्दुमा झरेको छ ।
आज ११३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
बिहीबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३० करोड, सीइडीबी होल्डीङसको २९ करोड र न्यादी गुप्रको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बिहीबार अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशतले घटेकाे छ । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेकाे छ ।