काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालको राजीनामा प्रधानमन्त्री तथा त्रिविको कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकुलपति बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । जुन बिहीबार स्वीकृत गरिएको हो ।
राजीनामा स्वीकृत भएलगत्तै प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समन्वय गर्न अनुरोध पनि गरेका छन् ।