काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर ऐतिहासिक रेकर्ड बनाएको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, आज चाँदीको तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।