काठमाडौं । काठमाडौंको बालाजु स्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध वारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिए ।
आगलागी भएको खबर पाउन साथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र वारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।