वर्षको अन्तिम दिन सेयर बजार घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । २०८१ सालको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६६२ बिन्दुमा झरेको छ । 

आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

आइतबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डीङसको भएको छ । सीइडीबीको ४५ करोड रुपैयाँ बढकिो कारोबार भएको छ । 

आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् ।

चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् ।

साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, राधी विधुत कम्पनीको ४३ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्ट बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

Share News