भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड 'रिभोल्ट' नेपालमा सार्वजनिक, ३ लाखदेखि सुरु

काठमाडौं ।  भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स नेपालमा सार्वजनिक भएको छ ।

एमभी दुगड समूहले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिभोल्ट मोटर्स सार्वजनिक गरेको छ ।

एमभी दुगड समूहले काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शो-रूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो ।

नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी दुगड समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो ।

null

सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी दुगड समूहले दाबी गरेको छ । 

रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ । यसमा तीनवटा स्मार्ट राइडिङ मोड (ईको, सिटी, स्पोर्ट) रहेका छन् । साथै यसमा मोबाइल एप कनेक्टिभिटी उपलब्ध छ ।

भेरियन्ट र मूल्य

आरभी फोर हन्ड्रेड : यो रिभोल्टको फ्ल्यागशिप मोडेल हो जसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

आरभी फोर हन्ड्रेड बीआरजेड : यो प्रदर्शनयुक्त तर पहुँचयोग्य मूल्यको मोटरसाइकल हो, यसको मूल्य ४ लाख १९ हजार रुपैयाँ राखिएको छ ।

आरभी ब्लेज एक्स : ४ किलोवाट पिक मोटर पावर भएको नयाँ शक्तिशाली भेरियन्ट हो, जसको मूल्य  ३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

आरभी वान प्लस : एक व्यावहारिक र स्टाइलिश कम्युटर बाइक हो, यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

आरभी वान : दैनिक यात्राको लागि उपयुक्त इन्ट्री-लेभल इलेक्ट्रिक मोटरसाइकल हो, जसको मूल्य २ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

null

सबै मोडेलहरू आईपी ६७- रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङजस्ता सुविधासहित आएका छन् । इन्टिग्रेटेड मोबाइल कनेक्टिभिटी सुविधाहरूमा जियो-फेन्सिङ, जीपीएस ट्र्याकिङ, ब्याट्री हेल्थ डायग्नोस्टिक्स, एन्टी-थेफ्ट अलर्ट लगायतका फिचर्स समावेश छन् ।

यी सवारी साधारण १६ ए घरेलु सर्किटबाट पनि सजिलै चार्ज गर्न सकिने सुविधा छ।

एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले शुभारम्भ कार्यक्रममा भने, 'हामी रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित छौं । वातावरणमैत्री प्रविधिको माध्यमबाट नेपाली यात्रुहरूलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको घोषणा हो ।’

'ईन्धनको मूल्यवृद्धि र वातावरणप्रतिको चेतनाको वृद्धिको सन्दर्भमा रिभोल्टका इलेक्ट्रिक बाइकहरू परम्परागत सवारीसाधनको तुलनामा उच्चतम विकल्प हुन्,’ उनले थपे ।

null

१५ स्थानमा शो-रूम खोल्ने योजना

एमभी दुगड समूहले देशका मुख्य सहरहरू- पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल र धनगढीलगायत १५ स्थानहरूमा शो-रूमहरू खोल्ने योजना बनाएको छ । हरेक शो-रूममा तालिमप्राप्त ईभी प्राविधिक, सर्भिस संरचना र प्रामाणिक सामानहरूको पर्याप्त उपलब्धता हुने जनाइएको छ ।

रिभोल्टको अग्रिम बुकिङ आजैदेखि खुला गरिएको छ, जहाँ पहिलो १०१ ग्राहकहरूका लागि विशेष लाभ उपलब्ध छन् ।

एमभी दुगड समूह

१४१ वर्ष पुरानो गौरवशाली इतिहास बोकेको एमभी दुगड समूह नेपालकै सबैभन्दा ठूलो र सम्मानित पारिवारिक व्यापारिक समूहहरूमध्ये एक हो । यस समूहले अटोमोबाइल, जलविद्युत्, निर्माण, कृषि, बैंकिङ, जीवन बीमा, साधारण बीमा, पुनर्बीमा र कोल्ड स्टोरेजजस्ता विभिन्न क्षेत्रमा देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

रिभोल्ट मोटर्स

सन् २०१७ मा स्थापना भएको रिभोल्ट मोटर्स भारतको इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा अग्रणी संस्था हो । यसले इलेक्ट्रिक मोटरसाइकल मात्रै होइन, यसको आधिकारिक डिलरहरूमार्फत सम्पूर्ण पाट्र्स र सामानहरूको आपूर्ति पनि गर्दै आएको छ ।

Share News