नयाँ वर्षको पहिलो दिन सेयर बजार २७ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेर २६८९ बिन्दुमा पुगेको छ ।

आज २१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको मूल्य घटेको छ । 
 

मंंगलबार ३२० कम्पनीको २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार बलेफी हाइड्रोपावरको २ अर्ब १ करोड रुपैयाँ बढिको कारोबार भएको छ ।

साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४२ करोड, राधी विद्युत कम्पनीको ३६ करोड, सीइडीबी होल्डीङसको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । करर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत, गुराँस लघुवित्तको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ ।

यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

म्युचुअल फन्ड ०.०७ र व्यापार ०.६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह २.४६ र लगानी समूह २.७१ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, वित्त १.५९, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.४७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त ०.६० र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढेको छ ।

Share News