सुनको मूल्य निरन्तर उकालो : तोलाको एक लाख ८७ हजार कायम

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार सात सय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।

Share News