काठमाडौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित भएको छ ।
एससीटीले हालसालै पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणीकरण प्राप्त गरेको हो, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ ।
पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ ।
कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई– डीएसएस जस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएसजस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरेअनुरुप यस संस्था पीसीआई–डीएसएस प्रमाणित हुँदै आइरहेको छ ।