काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्मको रूपमा फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्वीटर) र टीकटोक जस्ता एप्सले बजारमा प्रभुत्व जमाएका छन् । तर चाँडै नै ओपनएआईले यी एपहरूलाई चुनौती दिन सक्छ ।
ओपनएआई जसले लोकप्रिय एआई टुल च्याटजीपीटी विकास गरेको हो ।
मिडिया रिपोर्टहरूका अनुसार ओपनएआई एक यस्तो सामाजिक सञ्जाल प्लेटफर्ममा काम गरिरहेको छ, जसमा एआई सुविधाहरू समावेश गरिनेछन् । भनिन्छ- यो एउटा यस्तो एप हुनेछ जसले फेसबुक-इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई टक्कर दिनेछ । यो एप पनि च्याटजीपीटीमा आधारित हुनसक्छ ।
एलन मस्कलाई पनि टक्कर !
द भर्जको एक रिपोर्टअनुसार ओपनएआई पनि एक्सजस्तै सामाजिक सञ्जाल निर्माण गर्ने योजनामा छ । एक्स पहिले ट्वीटर थियो, जसलाई एलन मस्कले किनेर नाम परिवर्तन गरेका हुन् । भनिन्छ, ओपनएआईले यसको प्रोटोटाइप (नमूना) तयार गरिसकेको छ, जसमा च्याटजीपीटीको क्षमताहरू समावेश छन् ।
एपमा पब्लिक फिड पनि हुनेछ, जहाँ मानिसहरूले आफ्ना भावना अभिव्यक्त गर्न सक्नेछन् । ओपनएआईका सीईओ साम अल्टम्यान यस प्रोजेक्टप्रति गम्भीर रहेको बताइएको छ । उनले विभिन्न व्यक्तिहरूसँग एपबारे सल्लाह लिइरहेका छन् र उद्योग क्षेत्रका केही विशेषज्ञहरूबाट पनि प्रतिक्रिया मागिएको छ ।
तर अहिलेसम्म यो स्पष्ट छैन कि कम्पनीले नयाँ एप सार्वजनिक गर्नेछ वा च्याटजीपीटीमै सामाजिक सञ्जालको फिचर समावेश गर्नेछ ।
फेसबुक-इन्स्टाग्रामभन्दा फरक हुने एप
रिपोर्टहरू अनुसार ओपनएआईले विकास गरिरहेको एप फेसबुक र इन्स्टाग्रामभन्दा फरक अनुभव दिनेछ । फेसबुक र इन्स्टाग्राममा एआईको प्रयोग गरिएको भए पनि ओपनएआईको एपमा एआई सामाजिक अनुभवहरूको केन्द्रमा हुनेछ । यसमा जनसाधारणभन्दा बढी एआईको प्रभाव देखिनेछ ।
मेटा पनि तयारीमा
भनिन्छ मेटालाई पनि ओपनएआईबाट हुने चुनौतीको आभास भइसकेको छ । त्यसैले फेब्रुअरीमै खबर आएको थियो कि मेटा एआई एपमा काम गरिरहेको छ । यदि दुवै एप सार्वजनिक भएमा ती आपसमा प्रत्यक्ष प्रतिस्पर्धामा आउनेछन् ।
यसले प्रयोगकर्ताहरूलाई एआई-सामाजिक सञ्जालको नयाँ संसारमा छिरी प्रयोग गर्ने अवसर दिनेछ । नयाँ सुविधाहरू आउनेछन्, जसले प्रयोगकर्ताको अनुभव दुईगुना बनाउनेछ ।
ओपनएआईको चुनौती मस्कलाई भारी
ओपनएआईबाट आइरहेको चुनौती एलन मस्कलाई मन परेको देखिँदैन । उनले साम अल्टम्यान र ओपनएआईको पटक–पटक आलोचना गरिसकेका छन् । एलन मस्कले अल्टम्यानको कम्पनी किन्ने प्रयास पनि गरेका थिए । त्यसको जवाफमा अल्टम्यानले एक्स (पूर्व ट्वीटर) किन्ने प्रस्ताव दिएका थिए ।