काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
कार्यबाहक सभापति डीपी अर्यालको आह्वानमा बिहीबार दिउँसो २ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ तथा समसामयिक घटनाक्रममाथि गहिरो छलफल हुने छ । साथै महाधिवेशनको कार्यतालिका, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, संगठन सबलीकरण तथा प्रशिक्षण कार्यक्रमको विशेष प्रस्तुति पनि बैठकको एजेन्डामा समावेश गरिएको छ ।
रास्वपाले पार्टीभित्रको सांगठनिक संरचना मजबुत बनाउन र जनतामाझको उपस्थिति अझ प्रभावकारी बनाउने रणनीति अन्तर्गत यी कार्यक्रम अघि सारेको जनाएको छ ।