काठमाडौं । सामसुङले आफ्ना फोल्डेबल फोनहरूको छैटौं पुस्ता बनाइसकेको छ । त्यसैगरी, ओप्पो,वनप्लस र गुगलले पनि आ–आफ्ना फोल्डेबल फोनहरू बजारमा ल्याइसकेका छन् । तर अहिलेसम्म एप्पलजस्तो ठूला ब्राण्डको फोल्डेबल फोनबारे कुनै ठोस जानकारी आएको छैन ।
यसबीचमा समाचारहरू आएका छन् कि सामसुङले एप्पलको सम्भावित फोल्डेबल फोनसँग जोडिएको एक ठूलो समस्या समाधान गरिदिएको छ । मानिसहरू एप्पलको फोल्डेबल फोनको तीव्र पर्खाइमा छन् ।
एप्पल प्रायः सबै कामहरू धैर्यपूर्वक र फरक तरिकाले गर्ने कम्पनीको रूपमा चिनिन्छ । एप्पलको फोल्डेबल फोन अन्य कम्पनीहरूका फोनभन्दा कति फरक र उत्कृष्ट होला भनी मानिसहरू उत्सुक छन् ।
सामसुङले दियो समाधान
एप्पलले आफ्ना विभिन्न डिभाइसहरूमा सामसुङ, एलजी र बीओईको डिस्प्ले प्रयोग गर्छ । रिपोर्टअनुसार एप्पल चाहँदैन कि उसको फोल्डेबल फोनमा 'क्रीज' (बीचमा देखिने मोडिएको रेखा) देखियोस् । यो समस्या सामसुङले समाधान गर्न सफल भएको बताइएको छ ।
समाचारहरू अनुसार एप्पलको फोल्डेबल फोनमा ५.५ इन्चको ओलेड कभर डिस्प्ले हुनेछ । फोन खोल्दा यो ७.८ इन्चको हुनेछ । यो एक किताबको आकारको फोन हुनेछ । यो सामसुङको आगामी जेड फोल्ड ८ भन्दा पूरै फरक हुनेछ ।
अर्को वर्ष आउला त ?
दावी गरिएको छ कि फोल्डेबल फोनको क्रीज समस्या समाधान गरेपछि अब एप्पलले उत्पादनमा ध्यान केन्द्रित गर्न सक्नेछ । विज्ञहरू आशा गरिरहेका छन् कि अर्को वर्षको सेप्टेम्बरमा हामीले नयाँ फोल्डेबल आईफोन देख्न सक्नेछौं । अर्कोतर्फ केही जानकारहरूको भनाइ छ कि आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा एप्पलले यस्तो डिभाइस सार्वजनिक गर्न चाहन्छ ।
कति पर्न सक्छ मूल्य ?
फोल्डेबल आईफोनको मूल्यबारे अहिले नै निश्चित केही भन्नु हतार हुनेछ, तर केही जानकारहरूका अनुसार यसको मूल्य २००० डलर (२७ हजार ५०० रुपैयाँ) भन्दा बढी हुन सक्छ । अहिलेको ट्यारिफ र बजार परिस्थितिका कारण यसको मूल्य अझै बढी हुन सक्छ ।
यति त पक्का छ कि एप्पलले आफ्ना फोल्डेबल फोनको राम्रै मूल्य ग्राहकबाट लिनेछ । केही समयअघि एप्पलले भिजन प्रो बजारमा ल्याएको थियो, जसको मूल्य ३ हजार डलर (४ लाख १३ हजार रुपैयाँ) भन्दा बढी थियो । यस्तोमा फोल्डेबल आईफोनको मूल्य अनुमान लगाउन सकिन्छ ।