काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो ।
बिल्ड ब्रदर्श कन्सट्रक्सनका सञ्चालक छिरिङ लामा डोङ र पम्बर लामा हुन् भने एसएम कन्सट्रक्सन मकवानपुरका सहदेव गौतम मुख्य व्यक्ति हुन् ।
यस्तै, राना फर्निचर सःमलि उद्योगका मुख्य व्यक्ति सुकु रानामगर हुन् भने गौरीगोमा निर्माण सेवाका तुफान सिंह बुढाथोकी हुन् ।
यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो ।
कालोसूचीमा राखिएका कमपनीले कुनै पनि काम कारबाहीमा सहभागी हुन पाउने छैनन् । 