एकैदिन ३ हजार ६ सय रुपैयाँ बढ्यो सुनको भाउ, मूल्य २ लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । बिहीबार सुनको मूल्य साढे ३ हजार रुपैयाँ बढेसँगै सुनको मूल्यले २ लाख रुपैयाँ नजिक पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ३ हजार ६ सय रुपैयाँ बढेर तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । जबकी सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर तोलामा १ हजार ९६० रुपैयाँ पुगेको हो । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

चीन लगायत देशले अमेरिकी डलरमाथिको आफ्नो निर्भरता कम गर्न धमाधम सुनको मात्रा बढाइरहेका छन् । पछिल्लो समय चीनले आफ्नो सुन सञ्चिति बढाइरहेको छ । जसकारण पनि सुनको मूल्यमा वृद्धि भइरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । 
 

Share News