काठमाडौं । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
उनले पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपा स्रोतले जनाएको हो ।
स्रोतका अनुसार आफ्नो आवश्यकता विधायकी भूमिकामा रहेको भन्दै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
बिहीबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकमा उनले राजीनामा पत्र पेस गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले बैठकमा राजीनामा बारेमा विस्तृत धारणा राख्ने पनि जनाइएको छ ।