११ बैंकले लगानी घटाउँदा पनि बढ्यो अटो लोन, अग्रस्थानमा आरबिबि, पुच्छारमा एनआईसी

काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले साढे ५ अर्ब रुपैयाँ सवारी कर्जा (हायर पर्चेज लोन) बढाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ अटो लोन प्रवाह गरेका हुन् । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूले १ खर्ब ७ अर्ब ६४ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका थिए । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूले सवारी कर्जा ५.३७ प्रतिशत अर्थात् ५ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बढाएका हुन् । 

समीक्षा अवधिमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंक (आरबिबि)ले सवारी कर्जा बढाएको छ । फागुनसम्म राष्ट्रिय वाणिज्यले ६०.९३ प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड रुपैयाँ बढाएर ८ अर्ब ७६ करोड रुपैयाँ सवारी कर्जामा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ सवारी साधनमा लगानी गरेको थियो ।

नेपाल बैंकको ३६.६५ प्रतिशत बढेर ३ अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.१८ प्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ, कृषि जिकास बैंकको ३१.१५ प्रतिशत बढेर ४ अर्ब ६८ करोड रुपैयाँ, एभरेष्ट बैंकको २९.०७ प्रतिशत बढेर ४ अर्ब ५५ करोड करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । 

राष्ट्र बैंकका अनुसार सानिमा बैंकको २७.७० प्रतिशत बढेर ६ अर्ब ७० करोड रुपैयाँ, नबिल बैंकको १८.९४ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६.१० प्रतिशत बढेर १५ अर्ब ८६ करोड रुपैयाँ र एनएमबि बैंकको १४.०४ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ सवारीमा लगानी गरेका छन् । 

तर, यसअवधिमा विभिन्न ११ बैंकको सवारी कर्जा भने घटेको देखिन्छ । साथै एनआईसी एशिया बैंकको सवारी कर्जा सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ३८.१७ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड रुपैयाँ घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सवारी कर्जा झरेको छ । जबकी गत वर्षको फागुनमा यस बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ सवारीमा लगानी गरेको थियो । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५५ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ, कुमारी बैंकको २२.२६ प्रतिशत घटेर ५ अर्ब ५१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १८.११ प्रतिशत घटेर ३ अर्ब ३४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १५.९३ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ६.४४ प्रतिशत घटेर ५ अर्ब ८९ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । 

हिमालयन बैंकको ६.१९ प्रतिशत घटेर ६ अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ५.३४ प्रतिशत घटेर ५ अर्ब १९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ४.४२ प्रतिशत घटेर ४ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३.७८ प्रतिशत घटेर ४ अर्ब ५० करोड रुपैयाँ र प्राइम बैंकको १.०२ प्रतिशत घटेर ५ अर्ब ८४ करोड रुपैयाँ सवारीमा लगानी गरेका छन् । 

Share News