काठमाडौं । ब्याट्री सधैंजसो कडा र ठोस हुने गरेको छ । चाहे घडीमा प्रयोग हुने ब्याट्री होस् या तपाईंको स्मार्टफोनको, यी सबै कडा नै हुन्छन् । तर वैज्ञानिकहरूले अब यस्तो धारणा तोडेका छन् ।
रिपोर्टहरूका अनुसार उनीहरूले जेली वा रबरजस्तो लचिलो र मोड्न सकिने ब्याट्री आविष्कार गरेका छन् । विशेष कुरा के छ भने यस ब्याट्रीमा आफूलाई आफै मर्मत गर्ने क्षमता छ, अर्थात् खराबी आएमा पनि आफै ठीक हुन सक्छ ।
भनिएको छ कि यसलाई मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ, तर पनि यसले काम गरिरहन्छ । वैज्ञानिकहरूले यसमा धेरै परीक्षण गरेका छन् र सबै सफल भएका छन् । रोचक कुरा त के छ भने यस ब्याट्रीमा ६० प्रतिशत पानी प्रयोग गरिएको छ।
क्यालिफोर्निया विश्वविद्यालयको अद्भूत काम
रिपोर्टहरू अनुसार क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका वैज्ञानिकहरूले यस्तो ब्याट्री बनाएका हुन् । यसलाई ५०० पटकसम्म चार्ज गरेपछि पनि यसको कार्यक्षमता प्रभावित हुँदैन । वैज्ञानिकहरू लामो समयदेखि यस्तो ब्याट्री निर्माण गर्ने प्रयासमा थिए, जुन विभिन्न तापक्रममा काम गर्न सक्ने र प्रयोग गर्न सजिलो होस् । अन्ततः उनीहरू यसमा सफल भएका छन् ।
केले बनाइयो ?
बताइन्छ कि वैज्ञानिकहरूले जुन ब्याट्री बनाएका छन्, त्यो ज्वीटरआयोनिक पोलिमरबाट बनाइएको हो । स्मार्टफोनहरूमा कति उपयोगी हुन्छ भन्नेबारे वैज्ञानिकहरू अझ निष्कर्षमा पुगिसकेका छैनन् ।
पर्यावरणमैत्री ब्याट्री
वैज्ञानिकहरूले बनाएको यो ब्याट्री वातावरणका लागि धेरै हानिकारक छैन । रिपोर्टअनुसार यो ब्याट्री क्यालिफोर्निया विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र हङकङ विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट बनाइएको हो । यससँग सम्बन्धित अनुसन्धान साइन्स जर्नलमा प्रकाशित गरिएको छ ।
एक महिनासम्म जलाइयो एलइडी लाइट
वैज्ञानिकहरूले यो ब्याट्रीलाई एलइडी लाइटसँग जडान गरेर परीक्षण गरेका थिए । बताइन्छ कि ब्याट्रीले एक महिनाभन्दा बढी समयसम्म राम्रोसँग काम गरिरह्यो । उनीहरूले जुन प्रविधि प्रयोग गरेका थिए, त्यो सफल भएको देखियो । दाबी गरिएको छ कि यो ब्याट्री अहिलेको लिथियम–आयन ब्याट्रीभन्दा अझ राम्रो छ किनकि यो क्षति हुनबाट जोगिन सक्छ । यसमा पानीजस्ता वातावरणमैत्री तत्व प्रयोग गरिएको छ ।
ब्याट्रीमा पानीको प्रयोग
बताइन्छ कि ब्याट्री बनाउन वैज्ञानिकहरूले ज्वीटरआयोनिक पोलिमर प्रयोग गरेका छन् । यस पोलिमरमा सकारात्मक र नकारात्मक दुवै चार्ज हुन्छन् । यी पोलिमर पानीका अणुसँग बाँधिने क्षमता राख्छन् । सकारात्मक चार्जले पानीका अणुहरूलाई आकर्षित गर्छ भने नकारात्मक चार्जले लिथियम आयनहरूलाई । यसरी पानी ब्याट्रीभित्र राखिएको हुन्छ र भोल्टेज प्रयोग गर्दा लिथियम आयन बाहिरिने सम्भावना कम हुन्छ । वैज्ञानिकहरूले ब्याट्रीमा एस्रीलीक एसिड र फ्लोरिन फ्री लिथियम साल्ट बेस हाइड्रोजेल इलेक्ट्रोलाइट पनि मिसाएका छन् ।