काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहरिएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनसहित दुईजनालाई सफाइ दिएको हो ।
इजलासले २०८० चैत ६ गतेको फैसलामार्फत रामबहादुरसँगै सोही आरोपमा परेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि निर्दोष ठहर गरेको हो । ती दुईले यसअघि जिल्ला अदालत सर्लाहीबाट पनि सफाइ पाएका थिए ।
तर रामबहादुर बम्जन भने जिल्ला अदालत सर्लाहीबाट १७ असार, २०८१ मा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाएका थिए । सोही फैसलाविरुद्ध दायर गरिएको अपीलमा उच्च अदालत जनकपुरले पुनरावलोकन गर्दै दोषमुक्त निर्णय दिएको हो ।