काठमाडौं । सर्वोच्च अदालतले चार जना भुटानी शरणार्थीलाई नेपालबाट देश निकाला नगर्न आदेश दिएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले झापाबाट पक्राउ परेका ती चार जना शरणार्थीमध्ये एकजनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
सर्वोच्चले दिएको आदेशको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन ।