सुनको मूल्य तोलामा ८ सयले गिरावट

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँ घटेको छ । 

आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
     
यस्तै, चाँदी एक हजार नौ सय ६० रुपैयाँमा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
 

Share News