भृकुटीमण्डपमा तेस्रो नेपडेन्ट सम्मेलन तथा प्रदर्शनी सुरु

काठमाडौं । नेपडेन्ट सम्मेलन शुक्रबारबाट सुरु भएको छ ।  नेपाल दन्त सामग्री वितरकहरूको संघ (एनडीडीए)ले तेस्रो नेपडेन्ट सम्मेलनको आयोजना गरेको हो ।

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू, दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थीहरू, डेन्टल हस्पिटलका सञ्चालकहरू, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टलसँग सम्बन्धितहरूको उपस्थिति थियो ।

संघका अध्यक्ष शालिकराम अर्यालले डेन्टल क्षेत्रलाई परिष्कृत गर्दै लैजानुपर्ने बताए । 

उनले भने, ’सबै सरोकारवालाहरू मिलेर यस क्षेत्रलाई विकास गर्न लाग्नुपर्ने अवस्था छ । नीतिगत व्यवस्था पनि समयसापेक्ष रूपमा परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता छ । 

सम्मेलनमा ५ हजारभन्दा बढी अवकलोनकर्ताहरूले अवलोकन गर्ने विश्वास उनको छ।

नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरूले काम गर्दै आइरहेको अध्यक्ष अर्यालले जानकारी दिए । 

सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइनेछ ।

आगामी आइतबारसम्म चल्ने सम्मेलनमा  ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

 

Share News