काठमाडौं । कक्षा १२ को परीक्षा मिति सरेको भन्दै गलत सूचना सार्वजनिक भएको छ । बोर्डको लेटर प्याडमा परीक्षा मिति सार्वजनिक भएको गलत सूचना प्रसारण गरेर अनावश्यक हल्ला फैलाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको मिति नसरेको भन्दै गलत सूचना फैलाएको बताए । ‘हामीले मिति सार्वजनिक गरेका छैनौँ, कसैले भ्रम फैलायो, हामीले मिति सार्ने विषयमा कुनै छलफल गरेका छैनौँ,’ शर्माले भने । उनले कक्षा १२ को परीक्षा वैशाख १२ मै हुने बताएका छन् ।
