१४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो । 

बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ ।

चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ । 

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ । 

बैंकको खराब कर्जा भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ । 
 

Share News