सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ९१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 

शुक्रबारको मूल्यमा स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । यसअघि आइतबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ मा कारोबार भइरहेको छ ।      

Share News