कक्षा १२ को परीक्षा नसर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने भएको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा नहुने आशंका कतिपयले गरेका थिए ।

तर, आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले देशभरका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई तोकिएको मितिमै परीक्षा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
 

Share News