सुनको भाउ आकाशियो, तोलाको १ लाख ९८ हजार

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबार एक तोला पहेँलो धातुको मूल्य एक लाख ९७ हजार ९०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा ६ हजार ९०० रुपैयाँले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।
 

Share News