काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उनले यस्तो चुनौती दिएका हुन् । उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए ।
प्रधानमन्त्रीले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए ।
उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ नि ।’
'मिसन ०८४ मा हेरौंला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौं,’उनले थपे ।
प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताए ।