डोटीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो । 

दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित ३ जनाको मृत्युु भएको हो । मृतक २ जनाको सनाखत हुन बाँकी छ ।

Share News