कुलमानको पक्षमा बोल्दा बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बर्खास्त गरेका हुन्।

तामाङले मन्त्रिपरिषद्को निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिँदै आएका थिए । त्यसैले उनी बर्खास्तीमा परेका हुन् ।

उनले नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएका थिए। उनले कुलमानलाई सोधिएको स्पष्टीकरण गलत रहेको दाबी गर्दै आएका थिए ।

तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने समेत बताएका थिए । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने पनि उनले घोषणा गरेका थिए । 
 

Share News