काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुंगेअड्डामा बिहीबार दिउँसो एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बाप्र०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा आगो लागेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार बसको फाइबर भागमा तार सर्ट भएर आगलागी भएको थियो । आगलागीपछि तुरुन्तै चन्द्रागिरी नगरपालिकाबाट डम्पर मगाई आगो नियन्त्रणमा लिइएको हो । दिउँसो १ बजे लागेको आगो करिब २० मिनेटमै नियन्त्रणमा आएको हो ।
बस पूर्ण रूपमा जलेर क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रण गरिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो