शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । एमाले सांसद पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।  

Share News