काठमाडौं । शुक्रबार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको हल्का धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पपछि ४ म्याग्निच्युडमाथिको ६०३ औं परकम्प हो ।
०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।