डोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौं । डोल्पामा आज बिहान भूकम्पको हल्का धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पा जिल्लाको काञ्जिरोवा हिमाल क्षेत्र केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, वैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।   

Share News