अर्थतन्त्र सुधार हुँदैछ : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको बताएका छन् ।राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । 

उनले भने, 'पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको देखिन्छ । विद्युतीय भुक्तानीमा ठूलो फड्को मारेको छ । साथै मौद्रिक नीतिको आधुनिकीकरण गर्दै लगिएको छ ।'

डेपुटी गभर्नर मिश्रले आर्थिक स्थायित्व कायम गर्न बैंक तथा वित्तीय क्षेत्रको विस्तार र सबल बनाउँदै लगिने बताए । 

साथै उनले विगत ५ वर्षमा अर्थतन्त्रमा आन्तरिक तथा बाह्य असर परेको पनि बताए । साथै अमेरिकाले गरेको कर वृद्धिले थप चुनौती बढेको उनको भनाइ छ ।
 

Share News