काठमाडौं । सफ्टवेयर विकास कम्पनी डाइनामिक टेक्नोसफ्टले आफ्नो स्थापनाको १५ वर्ष सफलतापूर्वक पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको घोषणा गरेको छ । यो अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनहरूमा १५ प्रतिशत छुट अफर प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट स्थापना भएको डाइनामिक टेक्नोसफ्टले हाल नेपाल, भारत र जापानमा गरी २ हजार २०० भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै विश्वास जितेको छ ।
कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउन डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी र मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयर समाधानहरू विकास तथा सञ्चालन गर्दै आएको छ ।
डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी सेवा प्रदायक कम्पनी हो । देशभर कम्पनीका ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी दक्ष प्राविधिक विज्ञहरूको टोली सक्रिय रहेको कम्पनीले जनाएको छ ।
शिक्षा क्षेत्रमा कम्पनीले ८०० भन्दा बढी विद्यालय र कलेजहरू तथा स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न पालिकाहरूमा पनि डाइनामिक टेक्नोसफ्टको ईआरपी समाधान प्रयोग हुँदै आएको छ ।
आगामी दिनमा कम्पनीले दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
डाइनामिक टेक्नोसफ्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले १५ वर्षे यात्रामा विश्वास, प्रतिबद्धता र निरन्तर सुधारका साथ प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापना गरेको बताए । 'आगामी दिनमा थप नवीनतम सेवा र समाधान ल्याउने हाम्रो योजना छ,' उनले भने ।
कम्पनीले सीमित अवधिका लागि सबै सफ्टवेयर उत्पादनमा १५ प्रतिशत छुट अफर जारी गरेको छ ।