काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।