सरकारमाथि सत्तारुढ दलकै नेताले पोखे आक्रोश, तत्काल गभर्नर नियुक्त गर्न आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसदल रामहरि खतिवडाले सरकारप्रति आक्रोश पोखेका छन् । उनले अहिले शिक्षकहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने अवस्थामा सरकारले रमिता देखाइरहेको धारणा राखेका हुन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘शिक्षकलाई यो पार्टीको त्यो पार्टीको भनेर ट्याग लगाउनु राम्रो होइन, शिक्षकका जायज माग सम्बोधन गरेर विद्यालयमा पठन पाठको वातावरण मिलाओस्,’ उनले भने ।

यस्तै, उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समिति गठन हुँदा पनि अहिलेसम्म गभर्नर नियुक्त हुन नसकेको बताउँदै छिटो प्रक्रिया टुङ्ग्याउन आग्रह गरे । 

‘मौद्रिक र वित्तीय नीतिको मूल्यांकन गर्नुपर्ने अवस्थामा गभर्नर नियुक्ति गर्न सकेको छैन, सरकारले तत्काल गभर्नर नियुक्त गरोस्,’ उनले भने । 

Share News