सुनको मूल्य घट्यो, तोलाको १ लाख ८८ हजारमा कारोबार हुँदै

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  
    

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Share News