राति सुत्नुअघि केसर-अलैंची चिया पिउनूहोस्, छन् यस्ता फाइदा

काठमाडौं । यदि तपाईं राम्रो निद्रा, उज्यालो छाला र बलियो पाचन प्रणाली चाहनुहुन्छ भने राति सुत्नुअघि केसर र अलैंचीको चिया अवश्य पिउनूहोस् । यो चिया स्वादिष्ट मात्र होइन, शरीरलाई भित्रैदेखि स्वस्थ राख्न सहयोग पुर्याउँछ । जान्नुहोस् कसरी यो चियाले तपाईंको स्वास्थ्यमा लाभ पुर्याउन सक्छ।

राति सुत्नुअघि किन पिउने केसर-अलैंची चिया ?

रातको समयमा शरीरलाई शान्ति र विश्राम आवश्यक पर्छ । यस्ता समयमा यदि तपाईं यस्तो केही पिउन चाहनुहुन्छ जुन स्वादमा स्वादिलो होस् र स्वास्थ्यका लागि पनि फाइदाजनक होस् भने केसर र अलैंचीको चिया उत्तम विकल्प बन्न सक्छ ।

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार याे चियामा रहेका प्राकृतिक गुणहरूले धेरै स्वास्थ्य समस्याहरूको समाधान दिन सक्छ ।

 यस चियाका फाइदाहरू

निद्रा सुधार्छ

यदि तपाईं रातभरि छटपटाइरहनुहुन्छ र राम्रोसँग निद्रा लाग्दैन भने यो चिया उत्कृष्ट विकल्प हुन सक्छ । अलैंचीमा पाइने प्राकृतिक तेल र केसरमा हुने सेरोटोनिन बढाउने तत्वहरूले मानसिक तनाव घटाउँछन् । यी दुवै मिलेर मस्तिष्कलाई शान्त बनाउँछन् र गहिरो निद्रा ल्याउँछन् ।

छालालाई उज्यालो बनाउँछ

केसरमा भएका एण्टीअक्सिडेन्टहरूले छालाबाट फ्री रेडिकल्स हटाउँछन्, जसले छालालाई युवाकाे जस्तै राख्न सहयोग गर्छ । अलैंचीको डिटक्सिङ शक्तिले छालाको गहिरो सफाइ गर्छ, यसले डन्डीफोरबाट पनि राहत दिन्छ।

पाचन प्रणालीलाई बलियो बनाउँछ

राति भारी खाना खाएपछि हुने ग्यास, अपच र पेट फुल्ने समस्या समाधान गर्न यो चिया उपयोगी हुन्छ । अलैंचीमा हुने एन्जाइमहरूले ग्यास र एसिडिटी घटाउँछन्, केसरले पाचन सहज बनाउँछ ।

तनाव र मुड स्विङमा राहत

दिनभरको थकान र मानसिक तनाव कम गर्न यो चिया प्राकृतिक उपचारजस्तै काम गर्छ । केसरले मुड सन्तुलनमा राख्ने हर्मोन बढाउँछ भने अलैंचीले मस्तिष्कलाई रिल्याक्स गर्छ ।

शरीरलाई डिटक्स गर्छ

केसर- अलैंची चिया नियमित पिएमा शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् । अलैंचीले लिभर सफा गर्छ र केसरले रोगसँग लड्ने क्षमतामा सुधार गर्छ । यो चियाले शरीरलाई प्राकृतिक रूपमा सफा गर्दै मौसमी रोगसँग लड्न तयार बनाउँछ ।

Share News