रेशमलाई छोड्न कारागारलाई अदालतको पत्र, गलत पत्र लेख्ने विष्ट पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न कारागारलाई पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गन आग्रह गरेका हुन् । 

यसअघि पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । 

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेकाे छ । 

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चाैधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

null

Share News