काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ ।
यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२ रुपैयाँ, दोस्रो वर्गमा १४४ रुपैयाँ, तेस्रो वर्गमा १४५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, भारतबाट एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले घटेर आएपनि निगमले भने एलपी ग्यासको ब्रिकी मूल्य यथावत राखेको छ ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ पहिलो वर्गमा १२५ रुपैयाँ र दोस्रो वर्गमा १२१ रुपैयाँ कायम गरिएको छ । 