तोलामा १ हजार ४ सयले घट्यो सुन

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आए सँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, १ तोला चाँदी १ हजार ९६० मा बेचबिखन भइरहेको छ । 

बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । 

अन्तराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Share News