माउन्टेन ड्यूको पिक्स अफ करेज अभियान प्रारम्भ

काठमाडौं । माउन्टेन ड्यूले पहिलो पटक नेपालको हिमाल आरोहणको विरासतलाई पुनःपरिभाषित गर्दै ‘पिक्स अफ करेज’ अभियान प्रारम्भ गरेको छ ।

नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको यस अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरहरुको बारेमा जानकारी प्रदान गर्ने वरुण वेभरेजज् नेपाल प्रालिले जनाएको छ ।

नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरूको मर्मलाई उत्सवमय रूपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको पहिलो सांस्कृतिक अभियान हो । 

यो अभियानले सगरमाथा बाहेकका अन्य नेपाली साहसिक शिखरहरूको बारेमा विश्वलाई चिनाउनेछ ।

इमर्सिभ स्टोरी टेलिङमार्फत माउन्टेन ड्यूले मौसमी आरोही र नयाँ एडभेन्चरलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरहरुको बारेमा जानकारी गराउनेछ र यसले परिचित सीमाभन्दा परका साहसहरुको खोज गर्नेछ ।

यो अभियान नेपाली युवाका नयाँ पुस्तालाई अभिप्रेरित गर्ने गरी तयार पारिएको छ । उनीहरूको हिमाल आरोहणको सम्पदामाथि रहेको गर्वलाई पुनः दावी गर्ने र एडभेन्चर उनीहरूको पहिचानको एक अभिन्न हिस्साको रुपमा पुनः परिभाषित गर्ने उद्देश्य यो अभियानको रहेको छ ।

यसैगरी, शेर्पा, आरोहीका पथ प्रदर्शक र स्थानीय पर्यटन व्यवसायीहरुका लागि वास्तविक र दिगो अवसरहरुको सिर्जना यो अभियानले गर्नेछ ।

हरेक माउण्टेन ड्युको प्याकमा एउटा क्युआर कोड हुनेछ, जसले अन्तरक्रियात्मक डिजिटल हब खुलाउनेछ, जसबाट नेपालका ८ हजार र ७ हजार मिटर उचाइका हिम शिखरहरुका बारेमा पद मार्ग, सम्भावित जोखिमहरुको तह, वास्तविक समयको अवस्थाहरु र अमूल्य शेर्पा ज्ञानहरुका बारेमा जानकारी प्रदान गर्नेछ । 

यसले हिमाल आरोहणका विज्ञहरुलाई नियमित भन्दा पर जान र नेपालको छिपेका रोमाञ्चकारी जोखिमहरुको खोज गर्न हौसला प्रदान गर्ने विश्वास लिइएको छ । 
 

Share News