बीएलके म्याक्सको सीएमई सम्पन्न, कलेजो प्रत्यारोपण र चिकित्सा सहकार्यमा केन्द्रित

काठमाडौं । भारतको बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलद्वारा  आयोजित कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम सम्पन्न भएको छ ।

कार्यक्रममा क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटो-प्यान्क्रियाटो–बिलियरी (एचपीबी) सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो । 

साथै, आन्तरिक चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी, र सर्जिकल विभागका अनुभवी चिकित्सकहरू पनि सहभागी थिए । कार्यक्रममा चिकित्सा विज्ञानमा पछिल्ला प्रविधि र उपचार विधिहरूको आदान–प्रदान हुनुका साथै महत्वपूर्ण विषयमा गहन छलफल भएको छ । 

बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलका कलेजो प्रत्यारोपण सर्जन  डा.अभिदीप चौधरीले 'कलेजो प्रत्यारोपणमा हालसालै भएका प्रगतिहरू' शीर्षकमा प्रस्तुति दिएका थिए । उनले कलेजो प्रत्यारोपण सम्बन्धी पछिल्ला वैज्ञानिक प्रगतिहरू, न्यून आक्रमणकारी प्रविधिहरू, सफलताका दर तथा पोस्ट-ट्रान्सप्लान्ट म्यानेजमेन्टका विषयमा जानकारी गराए ।

कार्यक्रममा कलेजो प्रत्यारोपणको क्षेत्रमा नेपाल र भारतबीचको सहकार्य र भविष्यका सम्भावनाहरूलाई पनि विशेष रूपमा जोड दिइएको छ ।

बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलले आयोजना गरेको कार्यक्रमको उदेश्य चिकित्सा पेशामा संलग्न चिकित्सकहरूलाई नवीनतम उपचार विधि, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी गराए । यसले नेपालका चिकित्सा क्षेत्रका विज्ञहरूसँग भारतका विशेषज्ञहरूबीच अनुभवको आदान–प्रदान गराउने प्लेटफर्मको रूपमा काम गर्ने चिकित्सकहरूले बताएका छन् । 

कार्यक्रमपश्चात  चिकित्सकहरूबीच  आपसी चिनजान, अनुभव साटासाट तथा सहकार्यको नयाँ सम्भावनाहरूबारे छलफल समेत गरिएको थियो । नेपाल र भारतबीचको स्वास्थ्य सेवामा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले  भविष्यमा पनि यस्ता कार्यक्रमहरू नेपालमा नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
 

Share News