मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन, सभापतिमा डा. किशोर देव

जनकपुर ।  प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा. किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा. संयुक्त आचार्यले जानकारी दिए ।

अधिवेशनबाट प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समितिको उपसभापतिमा डा. अश्विनी कुमार झा, महामन्त्रीमा डा. विपिनकुमार यादव, सहमहामन्त्रीमा डा. राजेश शाह, डा. सितेश गोइत, डा. सञ्जय कुमार सिंह, डा. अमित कुमार यादव, डा. मिशा महासेठ र डा. सन्तोष साह चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा डा. भावना रौनियार, सहकोषाध्यक्षमा डा. राजेश साह र डा. पर्शुराम चौधरी चयन भएका छन् । 

जिल्ला संयोजकहरुमा डा. मनोज यादव (बारा), डा कुश राज गिरी (पर्सा), डा. मनोज कौशल (रौतहट), डा. विजय कापर (सर्लाही), डा. अनिल ठाकुर (महोत्तरी), डा. राजेश साह (धनुषा), डा. तेज शंकर यादव (सिरहा) र डा. अनिल कुमार यादव (सप्तरी) संयोजकका रुपमा चयन भएका छन्।

यस्तै, धनुषाको सचिवमा डा. विवश गोइत, सिरहा सचिवमा डा. महेश्वर चौधरी, सर्लाही सचिवमा डा. अभिशेक राज र सप्तरी सचिवमा डा. अभिशेक अमर सर्वसम्मत चयन भएको डा. आचार्यले जानकारी दिए ।

मधेश प्रदेश कार्यकारिणी समितिको अधिवेशनमा कांग्रेस सभापति देउवासहित पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, कांग्रेस सह महामन्त्री महेन्द्र यादव, कांग्रेस नेता आनन्द ढुंगाना, प्रदेश सभापति कृष्ण यादव एवं प्रजातन्त्रवादी चिकित्सक संघका पूर्व पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष डा. विक्रान्त ढकालले स्वागत मन्तव्य राखेका थिए।

'नेपाली कांग्रेसको उर्वराशक्ति भएको मधेश प्रदेशमा गठित यस कार्यकारिणी समितिले प्रजातन्त्रवादी चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिसँग समन्वय गरी मधेश कार्यकारिणी समितिलाई मधेश प्रदेशमा आबद्ध सम्पूर्ण जिल्लाहरूमा संघले निर्धारण गरेका सम्पूर्ण गतिविधिहरूलाई सक्रिय रूपमा अगाडी बढाउँदै संघलाई थप सक्रिय र जुझारू बनाउने प्रतिबद्धता जाहेर गरिएको व्यहोरा अवगत गराउँदछु,' अधिवेशनपछि संघका महासचिव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

यसैगरी, संघले मधेशका प्रमुख स्वास्थ्य समस्याहरू (कुपोषण, मातृ,शिशु मृत्यु दर, र संक्रामक रोग) नियन्त्रणमा विशेष ध्यान दिने योजना बनाएको छ । नयाँ कार्यकारिणीले प्रदेश सरकारसंग समन्वय गरी स्वास्थ्य नीति निर्माणमा सक्रिय भूमिका खेल्ने पनि बताएको छ ।
 

Share News