हार्ड रक क्याफे काठमाडौंले मनायो ५४ औं जन्मोत्सव, छोइला बर्गर लन्च

काठमाडौं । दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफे काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी हार्ड रक क्याफे काठमाडौंले जन्मोत्सव मनाएको हो।

विश्वभर १७० भन्दा बढी क्याफेहरूले एकैपटक ५४ औं जन्मोत्सव मनाएका थिए ।

काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोइला बर्गर सुरुवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए । 

छोइला लन्च बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् ।

हार्ड रक क्याफेको सुभिनियर सपसमेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट, मग र ग्लास पाइन्छ । पाटनमा पनि सुभिनियर सप रहेको छ । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको बताइएको छ ।

'हार्ड रक क्याफे पोखरा' पनि पोखरामा सुरुवात गर्न लागेको सुवेदीले उल्लेख गरे ।

त्यसैगरी क्याफेमा अन्तर्राष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए ।

कार्यक्रममा डेनमार्कको वाणिज्य दूत हरि धरेलल र सेफ गोविन्दनरसिंह केसीको उपस्थिति रहेको थियो । काठमाडौंमा हार्ड रक क्याफेसन् २०२१ नोभेम्बरमा स्थापना भएको थियो ।
 

Share News