काठमाडौं । शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४ टी को मूल्य घटाएको घोषणा गरेको छ । लेइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ ।
यससँगै अब शाओमी १४ टी (१२ जिबी + ५१२ जिबी) ५९ हजार ९९९ मा आउने भएको छ । यसअघि यसको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको थियो ।
यस स्मार्टफोनमा लाइका ट्रिपल क्यामेरा ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा-वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४ के भिडियो खिच्न सकिने क्षमता रहेको छ ।
शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिने शाओमी नेपालले जनाएको छ ।
उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४ टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।