काठमाडौं । टेस्लाको गाडी डेलिभरी दोस्रो त्रैमासमा पनि घटेपछि कम्पनी लगातार दोस्रो वर्ष बिक्री घट्ने दिशामा उन्मुख देखिएको छ । सीईओ एलन मस्कको दक्षिणपन्थी राजनीतिक धारणा र पुरानो मोडलका कारण यस्तो अवस्था आएको हो ।
अब टेस्लाले वार्षिक बिक्रीमा गिरावट रोक्नको लागि वर्षको दोस्रो अर्ध (जसलाई सामान्यतया बलियो समय मानिन्छ) मा १० लाखभन्दा बढी गाडी डेलिभर गर्नुपर्नेछ । तर, विश्लेषकहरूले यो लक्ष्य पूरा गर्न गाह्रो हुने अनुमान गरेका छन् । किनभने व्यापार नीतिमा अनिश्चितता छ र ट्रम्प प्रशासनको कर विधेयक अन्तर्गत विद्युतीय गाडी (ईभी) का लागि दिइने मुख्य प्रोत्साहनहरू हटाउने खतरा देखिएको छ ।
बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार दोस्रो त्रैमासमा टेस्लाको डेलिभरी १३.५ प्रतिशतले घटेको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा कमजोर हो । यद्यपि मस्कले अप्रिलमै बिक्री सुधार भएको बताएका थिए ।
कम्पनीको सेयर मूल्य( जुन यस वर्ष करिब २५ प्रतिशतले घटेको छ -४.५ प्रतिशतले उकालो लाग्यो किनभने गिरावट विश्लेषकहरूले सोचेकोभन्दा कम थियो । यसमा चीनको प्रतिस्पर्धी बजारमा माग केही फर्किएकोले मद्दत गरेको देखिन्छ, जहाँ टेस्लाको नयो मोडल वाईले केही ग्राहक तानेको छ ।
टेस्लाले ग्राहकलाई आकर्षित गर्न सस्तो वित्तीय योजना जस्ता अफरहरू दिएको छ, तर उसले अझैसम्म लामो समयदेखि वाचा गर्दै आएको सस्तो मोडल बजारमा ल्याएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूले आकर्षक डिजाइन र फिचरसहित सस्तो ईभी ल्याएर बजारमा कब्जा जमाइरहेका छन् ।
टेस्लाले जुनको अन्त्यसम्म सस्तो मोडेल( सम्भवतः कम सुविधायुक्त मोडल वाई- उत्पादन सुरू गर्ने भनेको थियो । तर उत्पादन ढिला हुने भएको छ ।
मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर विधेयकको विषयमा बढ्दो विवादले पनि लगानीकर्तालाई चिन्तित बनाएको छ । यसले मस्कको दक्षिणपन्थी धारणा झनै स्पष्ट बनाइदिने भएकाले अमेरिका र युरोपमा झनै धेरै ग्राहक टाढिने सम्भावना बढेको छ । साथै टेस्लाको रोबोट्याक्सी योजनामा नियामक निगरानी बढ्न सक्छ, जुन योजना कम्पनीको करिब एक ट्रिलियन डलरको मूल्यांकन हो ।
विश्लेषकहरूका अनुसार कम्पनीले ३ लाख ९४ हजार ३७८ गाडी डेलिभर गर्ने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला महिनामा केही विश्लेषकहरूले ३ लाख ६० हजार ८० इकाईसम्मको न्यूनतम प्रक्षेपण गरेका थिए ।
‘वार्षिक हिसाबमा डेलिभरी अझै घटेको भए पनि गिरावटको दर कम भएको देखिन्छ- जसले बजार तलबाट फर्किन लागेको सङ्केत दिन सक्छ र वर्षको बाँकी भागमा वृद्धिको सम्भावना पनि देखिन्छ,’ लेभरेज सेयर्सका वरिष्ठ अनुसन्धानकर्ता सन्दीप रावले भने ।
जुन महिनामा टेस्लाले चीनमा लगातार ८ महिनासम्म घटिरहेको बिक्रीमा विराम लगायो । यसले देखाउँछ कि नयाँ मोडल वाईले केही ग्राहक तानेको छ, यद्यपि चिनियाँ कम्पनी बीवाईडीजस्ता सस्तो ईभी निर्मातासँग कडा प्रतिस्पर्धा छ ।
कतिपय विश्लेषकहरूले भनेका छन् कि चीनमा टेस्लाले प्रिमियम र भरपर्दो ब्रान्ड को छवि बनाएर फाइदा लिइरहेको छ । चीनमा केही स्वदेशी कम्पनीहरूले नयाँजस्तो देखिने प्रयोग गरिसकिएको गाडी पुनःबिक्री गर्ने गरेकाले ग्राहकहरू सावधानीपूर्वक छनोट गरिरहेका छन् ।
स्पेन र नर्वेमा पनि गत महिना टेस्लाको बिक्री बढेको छ, जहाँ मस्कको राजनीतिक धारणा कारण अघिल्लो समय बिक्रीमा तीव्र गिरावट आएको थियो । ग्राहकहरूले नयाँ मोडल वाई रोजेका छन् ।
टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे
मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’