‍बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० प्लस शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

जुलाई १ देखि सुरु भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट पाउन एससीटी यूपीआई कार्ड प्रयोग गरी पस मेसिनमार्फत नै भुक्तानी गर्नु पर्नेछ ।

यो अफर जुलाई ३१ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ । 

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यस अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

Share News